Duration 2:32

AFTERNOON NEWS HEADLINES - NEWS24 TV

1 865 watched
0
108
Published 27 Sep 2020

डाक्टर गोविन्द केसीले अनशन बसेको स्थानबाट सरकार गुहारे – ‘मेरो माग साधारण छ , पूरा गरिदेऊ सरकार’ । तर, सरकारकोतर्फबाट भने कुनै जवाफ आएको छैन । केसीले उठाएका मागहरुमा आम नेपाली जनमत लगभग एक ढिक्का छ । तर सरकारमात्र सदैव अर्कोतिर । हरेक पटकको अनशनमा केसीलाई आश्वासन दिइन्छ र कुनै अमुक पात्रहरुबाट जुस पिलाएर अनशन तोडाइन्छ । के निजी अस्पतालहरुको विषयमा केसीले उठाएको गुनासाहरु यसपटक कोरोनाको कहालीमा छर्लङ्ग भएको होइन र ? यस्ता धेरै उदाहरण छन््, जुन एकपछि अर्को गर्दै छर्लङ्ग बन्दैछन् । त्यसैले पनि केसीको बारेमा सरकार अब त गम्भीर बन्नै पर्छ । आफ्टरनुन न्यूजका हेडलाइन्स । १. नेकपा अध्यक्षद्धय ओली–दाहालबीच भेटवार्ता सम्पन्न, मन्त्री हेरफेरको चर्चाबीच बोलाइयो मन्त्रिपरिषद् बैठक । २. जलवायु परिवर्तनको मारले नेपालको हिमाली क्षेत्र निरन्तर प्रभावित, नेपालका २ हजार बढी हिमताल मध्ये २१ हिमताल विस्फोटको जोखिममा । ३. आज सुनको मूल्य प्र्रति तोलाको ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय कायम, चाँदी ११ सय ५० रुपैयाँमा कारोबार । ४. युएईमा जारी आईपीएलमा कोलकत्ता नाइट राइडर्सको पहिलो जित, सनराईजर्स हैदराबादको लगातार दोस्रो हार, कोलकत्तासँग ७ विकेटले पराजित । ५. र, विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको सँख्या १० लाख नजिक, तीन करोड ३० लाख मानिस संक्रमित, दुई करोड ४४ लाख बढीले लिए स्वास्थ्यलाभ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 3