Duration 2:15

पानीबाट दीयो बल्ने गडियाघाट माताको अनौठो मन्दिर | | K.S.G IN THE WORLD | |

34 watched
0
8
Published 17 Sep 2020

संसारका केहि ठाउँमा अचम्मका घटनाहरु घटिरहन्छन् । भगवानलाई कसैले मान्छन् त कसैले मान्दैनन पनि । भगवानलाई जुन ठाउँका मानिसहरुले मान्दैनन् त्यहि ठाउँमा भगवानको चमत्कारलाई धेरै विश्वास गरिन्छ । मानिसहरु प्रत्येक दिन मन्दिर जान्छन्, पूजा गर्छन र दीयो बाल्छन् । तर के तपाईलाई थाहा छ ? भारतको एउटा मन्दिरमा दियो तेल, घिउबाट होइन पानीबाट बालिन्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो मन्दिर भारतको मध्य प्रदेश अन्तर्गत शाजापूर जिल्लाको गडिया गाउँमा गडियाघाट माताको मन्दिर छ । यो मन्दिर कालीसिन्ध नदीको किनारमा छ । सञ्चारमाध्यामका अनुसार गत ५ वर्ष यता यो मन्दिरमा घिउ, तेलबाट नभएर पानीबाट दीयो बाल्दै आइएको छ । पुजारी सिद्धु सिंहका अनुसार यो मन्दिरमा तेल, घिउ, डिजेल जस्ता बिभिन्न प्रकारका इन्धन दियो बाल्नको लागि चाहिदैन । यहाँ मात्र पानीले दीयो बल्छ । उनका अनुसार माताले सपनामा आएर पानीले दियो बाल्ने आग्रह गरेपछि पुजारी सिंहले दीयोमा पानी हालेको र नभन्दै दीयो पानीबाट बलेपछि अचम्ममा परेका थिए ।

Category

Show more

Comments - 0