Duration 5700

Dipak manange दिपक मनाङेले दिए राजीनामा

67 watched
0
2
Published 22 Jun 2020

पोखरा — गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिका सभापति दीपक कोइरालालाई आइतबार राजीनामा बुझाएको उनले बताए । क्रसर उद्योग, विकास निर्माणमा अनियमितता सम्बन्धमा आफूले पटक–पटक कुरा उठाए पनि कुनै सुनुवाइ नभएकोले राजीनामा दिएको उनले बताए । ‘पाएको अधिकार प्रयोग गर्न नसक्ने समितिमा बसेर कामै छैन,’ कान्तिपुरसँग उनले भने, ‘केही पनि गर्न नसक्ने भएपछि राजीनामा दिए ।’ समितिको अध्यक्ष युवा नै भएको र काम गर्न खोजे पनि उनको मात्रै नचल्ने सांसद गुरुङको भनाइ छ । कास्की र तनहुँको सीमाना कोत्रेमा राजमार्ग नजिकै खोलिएको क्रसर उद्योगको बारेमा समितिको बैठकमा बारम्बार कुरा उठाएको उनले बताए । ‘मुख्यमन्त्री, मन्त्री सबै त्यही बाटो ओहोरदोहोर गर्छन्, क्रसरले दोहन गरेको देख्दैनन्,’ उनले भने, ‘यसमा प्रदेश सरकार नै मिलेको छ । प्रहरीले पनि केही गर्न नसक्दो रहेछ ।’

Category

Show more

Comments - 0