Duration 15:25

कुखुरा लाई गम्बारो रोग लागेमा कुन औषधि दिने सम्पूर्ण जानकारी /Madi turkey farm/Tara Prasad pandey

23 803 watched
0
460
Published 23 Jul 2020

#गम्बारो_रोग यो रोगलाई Gumboro (Infection Bursal Disease/IBD) पनि भनिन्छ । गम्बारो कुखुरामा लाग्ने भाईरल र संक्रामक रोग हो । यस रोगबाट विशेष गरी ३ देखि ६ हप्तासम्मको कुखुरालाई बढि प्रभावित हुने गर्दछन् । यो रोगले विशेष गरी  Bursa of Fabricius  (वर्सा)मा असर पु¥याउँछ । वर्सा कुखुराहरुमा रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्ने मुख्य अंग हो । कुखुरामा रोग संग लड्न सक्ने रोग प्रतिरोधात्मक शक्ति कमी हुनाले कुखुरामा विभिन्न किसीमका रोगहरु देखा पर्न गई मृत्युदर बढ्न सक्छ । रोग लाग्ने तरीकाः यो २ देखि ६ हप्ताको कुखुरामा वर्सा को रोग संग लड्ने महत्वपुर्ण भुमिका हुन्छ । जब कुनै माध्यम बाट यो जिवाणु शरिर भित्र प्रबेश गर्छ, तव वर्सामा आक्रमण गर्न शुरु गर्छ । यो जीवाणु वर्सामा वृद्धि हुन्छ, जसले गर्दा Lymphoid follicle हरु नष्ट हुने गर्छ र रोग संग लड्ने क्षमतामा कमि आउँछ । यसको साथै यसले किड्नी सुनिन्छ र किड्नीले काम नगर्ने पनि हुन सक्छ । जब रोग संग लड्ने क्षमतामा कमि आउँछ र किड्नीले काम नगर्ने हुन्छ तव कुखुराको मृत्यु हुन्छ । रोग सर्ने तरीकाः गम्बारो रोग लागेको कुखुराको सुलीमा यो रोगका विषाणु निस्कने गर्दछन् । फलस्वरुप सुलीमा संक्रमिक भाइरसको कारणले गर्दा दाना, पानी, सोत्तर समेत संक्रमिक हुन जान्छ र अन्य कुखुराले ती दुषित दाना, पानी खाँदा ती कुखुराहरु पनि रोगी हुन पुग्छन् । यसको साथै रोगग्रस्त खोरबाट आएको मानिसहरु बाट पनी फार्महरुमा सजीलै रोग सर्न सक्दछ । यो रोग लागीसकेपछि रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा अन्य अवसरबादी जीवाणुहरुले पनि आक्रमण गर्न सक्दछन् । खोरमा कुखुराले देखाउने लक्षणहरु : कुखुराहरु  (२०–८०%) सम्म झोक्राउछन्। दानापानी कम (१०–७०%) खान्छन् । पखेटा लतारेर बस्छन् । चकको धुलो जस्तो सेतो पदार्थ मलद्धारमा टाँसिन्छ । टाउको निहुराई, आखाँ चिम्लिएर बस्छन् । कुखुरालाई ज्वरो आउँछ र थरथर काम्छ । भुत्ला जिङ्गरिङ्ग देखिन्छ ।    कुखुराको पोष्टमार्टम गर्दा देखिने लक्षणहरुः वर्सा (Bursa of  Fabricious) सुनिएको देखिनु र उक्त भाग चिरेर हेर्दा रातो वा पिप जस्तो पदार्थ देखिन्छ । छाती तथा फिलाको मासुमा रगतको दाग देखिन्छ । किड्नी सुन्नीन्छ र रगतको दाग देखिन्छ । कहिलेकाँही चकको धुलो जस्तो पदार्थ पिसाब नलिमा  देखिन्छ ।

Category

Show more

Comments - 67